अमेरिकी हवाई कारबाहीमा एकै परिवारका १३ मृत्यु  

Russian helicopter

 

अफगानिस्तान । पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई कारबाहीमा एकै परिवारका १३ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका अफगान अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस हवाई कारबाहीमा मारिएका एकै परिवार १३ व्यक्तिहरुमा प्राय महिला र बालबालिका रहेका बताइएको छ ।

अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यद्यपी एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको यस हवाई कारबाहीमा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका छन् ।

अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको मृत्यु भएको केही दिनमा नै पुनः यो घटना भएको छ ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म भएका जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा १ हजार ६ सय ६२ व्यक्तिको मृत्यु भएको छ भने ३ हजार ५ सय घाइते भएका छन् ।

अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघका सहयोग मिसनद्वारा गत महिना प्रकाशित एक प्रतिवेदनमा सो जानकारी दिइएको छ । यो सङ्ख्या गत बर्षको तुलानामा २० प्रतिशतले बृद्धि भएको पनि सो मिसनले बताएको छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...