पहिरोमा परी ३० को मृत्यु, १२ बेपत्ता

China landslide

बेइजिङ । चीनको ग्रामीण क्षेत्रमा गएको २ वटा पहिरोमा परी ३० जनाको मृत्यु भएको छ। यस पहिरोमा अन्य १२ व्यक्ति बेपत्ता भएको सरकारी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन्।

चीनको दक्षिणपूर्वी प्रान्त गुइजोउ पर्ने एउटा ठाउँमा सोमबार गएको पहिरोमा परी २३ जना मृत्यु भएकै बेला बुधबार दोस्रो पहिरो गएर अरू ७ जनाको मृत्यु भएको हो।

पहिरोले छ लाख क्युबिक मिटर ढुङगा माटो बगाएको सरकारी अधिकारीहरूले सिन्ह्वालाई जानकारी दिएका छन्। उनीहरूले हराइरहेका १२ जनाको खोजी कार्य पनि भइरहेको बताएका छन्।

गत हप्तादेखि चीनका विभिन्न ठाँउमा ठूलो मात्रामा वर्षा भएको छ। सामान्यतया यस्ता वर्षा हुँदा चीनका ग्रामीण र पहाडी क्षेत्रहरूमा बेलाबेलामा पहिरो जाने गरेको छ। जुन र अगस्त महिनामा चीनको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक धेरै बाढी पहिरो गएको थियो।

सिचुआन प्रान्तमा मात्रै ३० जनाभन्दा बढीको मृत्यु भएको छ भने त्यत्तिकै संख्यामा बेपत्ता भएका छन्। केन्द्रीय हुनान प्रान्तमा जुलाई महिनामा मात्रै बाढी पहिरोमा परी ६३ जनाको मृत्यु भएको छ।

बाढी पहिरोले १६ लाख नागरिक आफ्नो घरबाट विस्थापित भएका छन्। गत हप्ता मात्रै आएको शक्तिशाली आँधी ‘हातो’ कारण मकाउ, दक्षिणी हङकङका १८ व्यक्तिको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...