मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी

भारी बर्षा जारी, १० को मृत्यु

House 1

मुम्बई। भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ । 

मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान ८ः४० मा भत्किएको थियो । त्यसमा परी अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ । बाँकी अरु सोही भत्किएको भवनमा पुरिएर रहेको आशङ्का गरिएको छ । 

मुम्बइमा दुई दिनदेखि भारी बर्षा जारी रहेको छ । सो बर्षाका कारण पनि उक्त भवन भत्किएको अुनमान गरिएको छ । भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारका लागि ठूलो सङ्ख्याका अधिकारी खटिएको बताइएको छ । 

प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट तीन जनाको सव निकाएको छ । 

ती अधिकारीले चार जनालाई जिवीतै उद्वार गरिएको पनि जनाएका छन् । साथै उनका अनुसार उक्त भवनमा ४० जना पुरिएर रहेको सङ्ख्या उक्त भवनका बासिन्दाले नै जानकारी दिएका छन् । 

भारतीय प्रहरीको विशेष कमाण्डोसम्मिलत ४३ जनाले उद्वारको कार्य जारी राखेको बताइएको छ । उनीहरुले दिएको जानकारीअनुसार सो भवनमा ९ जनाको परिवार बसोबास गर्दै आएको छ । 

मुम्बइमा भारी बर्षा जारी, १० को मृत्यु 

यसैबीच प्राप्त अर्काे एक समाचारमा मुम्बइका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार रातिसम्ममा १० जनाको ज्यान गएको छ । मुम्बइको प्राकृतिक प्रकोप उद्वार कार्यान्वयन समितिले सो जानकारी दिएको हो । 

प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बुधबारदेखि नै बन्द गरिएको छ । त्यस्तै यातायातका साधन, ब्यापार र होटल प्रतिष्ठानहरु पनि बुधबार बन्द थिए । यी कार्यालयहरु बिहीबार पनि विहानसम्म खुल्न सकेका छैनन् । 

भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ । जसका कारण कम्तीमा दुई करोड जनसंख्या रहेको मुम्बई सहर अस्तव्यस्त भएको छ । 

गएका केही दिनयतादेखि दक्षिण एसियामा जारी सक्रिय मनसुनले ठूलो क्षति पु¥याएको छ । यस मुनसुनमा भारत, नेपाल र बङ्गलादेशमा एक हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ । 

मुम्बईमा बर्षा जारी छ । पानी जमेका कारण बजार क्षेत्र अस्तव्यस्त छ । पानीका कारण बिजुली सट भएर र बजार क्षेत्रकै एक पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको जानकारी बुधबार अपरान्ह नै दिइएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...