भारी बर्षाका कारण मुम्बईमा पाँचको मृत्यु, जनजिवन अस्तव्यस्त

1024b 5 072313034127 1504076252 618x347

मुम्बई । मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ ।

प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बन्द गरिएको छ भने यातायातका साधन पनि चल्न सकेका छैनन् ।

भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ । जसका कारण कम्तीमा दुई करोड जनसंख्या रहेको मुम्बई सहर अस्तव्यस्त भएको छ ।

गएका केही दिनयतादेखि दक्षिण एसियामा जारी सक्रिय मनसुनले ठूलो क्षति पु¥याएको छ । यस मुनसुनबाट भारत, नेपाल र बङ्गलादेशमा एक हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ ।

मुम्बईमा बर्षा जारी छ । पानी जमेमा कारण बजार क्षेत्र अस्तव्यस्त छ । पानीका कारण बिजुली सट भएर र बजार क्षेत्रकै एक पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको छ– एकजना सरकारी अधिकारीले जानकरी दिएका छन् ।

प्रतिकृया दिनुहोस