प्राकृतिक प्रकोपका कारण १ सय १६ जनाको मृत्यु

Sierra leone slide lqj1 superjumbo1

हानोई,। प्राकृतिक प्रकोपमा परी भियतनाममा गत ८ महिनामा १ सय १६ जनाको मृत्यु भएको छ । ती मध्ये केहीको मृत्युको पुष्टि नभएपनि लामो समयदेखि हराईरहेका छन् ।

ती घटनाहरुका कारण २ सय ५० मिलियन अमेरिकी डलर बराबरको क्षति भएको विपद् व्यवस्थापन तथा नियन्त्रण विभागले सोमबार जनाएको छ ।

हुरि बतास, बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण १ हजार ३० घरहरुमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

भियतनामको उत्तरी क्षेत्रमा रहेका पहाडी प्रदेशहरु लाओ काई, लाई चाउ र हा जिङमा भीषण बर्षा हुने पुर्वानुमान गरिएको थियो । भीषण बर्षाका कारण थप तीन दिन बाढी पहिरो जाने अनुमान गरिएको छ ।

मन्त्रालयले उत्तरी पहाडी प्रदेशहरुका बासिन्दालाई बाढीपहिरोबाट बच्नका लागि सुरक्षित स्थान तर्फ जान आह्वान गरेको थियो ।

प्रतिकृया दिनुहोस