प्रधानमन्त्री देउवा हैदरावादमा

Dh9 takuiaayive

हैदरावाद । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिउँसो हैदरावाद आइपुगेका छन् ।

भ्रमणको तेस्रो दिन शनिबार उनी नयाँ दिल्लीबाट विशेष चार्टर विमानमार्फत हैदरावाद आइपुगेका प्रधानमन्त्री देउवा राजिव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा तेलंगना राज्यका उपमुख्य मन्त्री र यस राज्यका प्रमुख सचिवले उनलाई स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवाको नेतृत्वको प्रतिनिधिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जितेन्द्र नारायण देव, सांसद र उच्च पदस्थ अधिकारी सहभागी थिए ।

शनिबार बिहान नयाँ दिल्लीबाट प्रस्थान गर्नुअघि प्रधानमन्त्रीसँग भारतका विभिन्न राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गरेका थिए ।

शबिार हैदरावाद आइपुगेपछि प्रधानमन्त्री देउवाले हैदरावादमा रहेको एक सूचना प्रविधि एवं कम्प्युटर सफ्टवेयर निर्माण कम्पनी इन्फोसिस्को निरीक्षण गरेका थिए ।

शनिबार दिउँसो हैदरावाद आएलगत्तै देउवाले तेलङगाना राज्यमा सूचना तथा प्रविधिको क्षेत्रमा गरेका उपलब्धि र त्यसमा इन्फोसिसको अन्वेषणका बारेमा जानकारी लिए ।

उनले इन्फोसिस क्याम्पसको पनि भ्रमण गरे । सो कार्यक्रममा प्रधानमन्त्री देउवालाई सो राज्यले सूचना तथा प्रविधिलाई सरकारी सेवा प्रदान गर्ने काममा के कसरी राज्यका हरेक निकायहरुमा प्रयोग गरिएको छ भन्ने बारेमा जानकारी गराएका थिए ।

कृषि, स्वास्थ्य, यातायात, ऊर्जालगायत क्षेत्रमा सूचना प्रविधिको कसरी प्रयोग भइरहेको छ भनी उनीहरुले जानकारी गराएका थिए । साथै उनीहरुले यहाँ प्रयोग भएका सूचना र प्रविधिलाई नेपालमा पनि पाइलट परियोजनाको रुपमा कार्यान्वयन गर्नका लागि जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँग तेलंगना राज्यका गभर्नरद्धारा शिष्टाचार भेट

यसैबीच आजै प्रधानमन्त्री देउवासँग तेलंगना राज्यका गभर्नर इ एस एल नरसिंहमले शिष्टाचार भेट गरे ।

सो भेटका अवसरमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र अरु विविध समसामयिक विषयमा कुराकानी भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिए ।

शनिबार नै प्रधानमन्त्री देउवा गभर्नर नरसिंहम्ले उनको सम्मानमा आयोजना गरेको रात्रि भोजमा सहभागी थिए । प्रधानमन्त्री देउवा शनिबार हैदरावादबाट तिरुपति बालाजीको दर्शनका लागि जाने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस