म्यानमारको राखिन राज्यमा भएको हिंसामा परी १२ मृत्यु

Myanmar

याङ्गुन । म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी ५ प्रहरी अधिकारीसहित १२ व्यक्ति मृत्यु भएको हो । 

सीमा क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई लक्ष्यगरी राखिन राज्यमा रोहिङ्गया आतङ्ककारी समूहले भीषण आक्रमण गरेका राज्य सल्लाहार आङ सान सुकीको कार्यालयले जानकारी दिएको छ । म्यानमारको यस तटीय राज्यमा महिनौदेखि धार्मिक हिंसा जारी रहेको छ ।

शुक्रबार २० भन्दा बढी प्रहरी चौकीमा करिब १ सय ५० आतङ्ककारीहरुले बिहानै सबेरै हमला गरेका राज्य सल्लाकार कार्यालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार सो राज्यमा रहेको प्रायः प्रहरीचौकीमा आक्रमण भएको थियो ।

‘आतङ्ककारीहरु प्रहरी गरेको आक्रमण यो अवस्था निकै नै जटिल थियो’ त्यसमाथि पनि केही आतङ्ककारीहरु सशस्त्र र बन्दुकधारी रहेका थिए’ नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...