धार्मिक पर्यटनको विकासमा लाग्न राष्ट्रपतिको जोड

Photo1 7

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागी एकजुट हुनुपर्ने बताएकी छन् ।

भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं बार्षिकत्सवमा बोल्दै यस्तो बताएकी छन् ।

उनले देश विकास निर्माणमा लागी महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा पनि अब महिलाहरुको अग्रसरता अपरिहार्य भएको छ ।

प्रत्येक भाद्र ६ गते अर्थात केदारनाथको शिर घोषणा भएको नवौं वार्षिकोत्सव । आजका दिन केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरको चारै ढोका खुल्ला गरिएको थियो । सर्वसाधारण भक्तजनहरुलाई बिहान ३ बजेदेखि नै चारै ढोका खोली भक्तजन आफै मन्दिर भित्र गई दर्शन गर्न पाउने व्यवस्था गरिएकोे हो ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले केदारनाथको शिर घोषणा गरेपछि मन्दिरमा विधिवत नियम बनाएर व्यवस्थापन समितिले भदौ ६ गते वार्षिकत्सव, शिवरात्री र अक्षय तृतीया गरी जम्मा तीन दिन मात्रै मन्दिरको भित्रै गएर पुजा गर्न पाईने व्यवस्था गरेको छ ।

मंगलबार भएको बार्षित्सवमा दाता कृष्णगोपाल श्रेष्ठ, संरक्षक भरतमणी जंगम, संस्थापक अध्यक्ष बालहरी चालिसे, बरिष्ठ इञ्जिनियर कुमार उप्रेती र एभिन्यूज टेलिभिजन प्रा‍लीलाई सम्मान गरिएको छ । उनीहरुलाई राष्ट्रपति भण्डारीले सम्मान गरेकी छन् ।

प्रतिकृया दिनुहोस