सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षागरौँ : महासचिव गुटेरेश  

Gores

संयुक्त राष्टसंघ । संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराएको छ ।

उनले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रुपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दो हो भने ।

अन्तर्राष्टिय मानवता दिवसको अवसरमा शनिबार दिएको सन्देशमा उनले सो आग्रह गरे ।
युद्धसँग प्रत्यक्ष रुपमा संलग्न नभएका र युद्धपछि पनि त्यसका प्रभावितहरुलाई सहायता बाँड्न जाने गरेका सहायताकर्मीहरुको ज्यान जाने गरेको छ ।

यस्ता क्रियाकलापहरुलाई तत्कालै रोक्न र नागरिकको संरक्षण गर्न विश्व समुदायलाई आग्रह गरेको हो ।

युद्धको चपेटामा परेका दशौँ लाख नागरिक अहिले पनि गास, बास, पानी, औषधि, शिक्षा तथा अरु पनि कैयौँ आधारभूत आवश्यकताबाट बन्चित हुनु परिरहेको अवस्थामा उनीहरुलाई सहयाताका लागि गएका सहायताकर्मीमाथि नै हमला हुनु अमानवीय कार्य बाहेक अरु केही होइन ।

द्धन्द्धका बेलामा नागरिकको संरक्षण र रक्षा गर्नु भनेको पनि अन्तर्राष्टिय मानवता सम्बन्धी कानुनको एक आधारभूत सिद्धान्त हो भन्ने कुरा सबैले बुझ्नुपर्नेमा उनको भनाई थियो ।

उनले द्धन्द्धमा लागेका र नागरिकका विरुद्धमा हिंसा मच्चाउने सबैजनालाई यो आधारभूत अन्तर्राष्ट्रिय कानुनको बारेमा ख्याल गर्न पनि आग्रह गरेको उक्त सन्देशमा जनाइएको छ ।

द्धन्द्धको चपेटमा परेर खान बस्न र सामान्य औषधि उपचार पनि नपाएका नागरिकलाई सहयोग गर्न उनले विश्वका दाता राष्टहरुलाई पनि आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...