विस्थापित छ लाख सिरियाली घर फर्के

Siriyali

स्विजरल्याण्ड । द्वन्द्वका कारण विस्थापित भएका छ लाखभन्दा बढी सिरियाली नागरिक अहिले आफ्नो घर फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) ले जनाएको छ ।


सन् २०१७ को सुरुवात देखि अहिले सम्म घर फर्किने मध्ये एलेप्पोका धेरैजना रहेको आइओएमले उल्लेख गरेको छ ।


जनवरीदेखि जुलाईको अन्त्य सम्ममा छ लाख दुई हजार सात सय ५९ जना आफ्नै घर फर्किएको आइओएमको तथ्याङ्क रहेको एक वक्तव्यमार्फत् जानकारी गराइएको छ ।


उनीहरूले छाडेका ठाँउहरूमा अहिले सुरक्षा अवस्था, आर्थिक वातावरण आदि सुध्रिएकाले आफूहरू घर फर्किएको उनीहरूले बताएका छन् ।
फर्किएका मध्ये ८४ प्रतिशतले अन्य देशहरूमा द्वन्द्वका कारण विस्थापित नागरिकको रूपमा शरणार्थी भएका थिए भने बाँकी १६ प्रतिशत छिमेकी मुलुकहरू टर्की, लेवनान, जोर्डन र इराकमा रहेका थिए ।


आइएओएमको विज्ञप्तिमा फर्किएकामध्ये एक चौथाई आफ्नो सम्पत्तिको सुरक्षाका लागि आएको बताएका छन् । त्यसैगरी यति नै संख्याका अरु विस्थापितहरूले आफ्नो वास्तविक ठाँउमा आर्थिक अवस्था सुधार हुने विश्वास लिएर फर्किएका छन् । बाँकी ११ प्रतिशतले भने सुरक्षा अवस्थामा सुधार भएकाले आफ्नै ठाउँ फर्किएको बताएका छन् ।


अधिकांशको फिर्ति स्वभाविक भएपनि यस्लाई अत्यावश्यकताले आएको होइन भन्ने बुझेर सुरक्षित र दिगो बनाउनु पर्ने चुनौती पनि रहेको आइओएमले बताएको छ ।


सिरियामा ६ बर्ष लामो द्धन्द्धका कारण झण्डै आधा जनसङ्ख्या बराबर नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित भएका थिए । सिरियाको एलेप्पो सहर विद्रोहीहरूले पाँच महिनासम्म कब्जा गरेपछि गत डिसेम्बरमा मात्रै सरकारी सेनाले फिर्ता गरेको थियो । त्यसपछि आफ्नै ठाउँमा फर्किने क्रम सुरु भएको हो ।


द्वन्द्वका क्रममा यहाँका धेरै संरचनाहरू नराम्रोसँग ध्वस्त भएको आइओएमले विज्ञप्तिमा उल्लेख गरेको छ ।


सिरियामा सन् २०११को मार्चदेखि भएको सरकार विरोधी द्वन्द्वका क्रममा तीन लाख ३० हजार भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...