महासंघको दुर्घटना बीमाप्रति पत्रकारको आकर्षण कम

काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चालन गरेको ‘पत्रकार दुर्घटना बीमा’मा पत्रकारको आकर्षण देखिएको छैन । महासंघ र सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना विभागले सञ्चालन गरेको दुर्घटना बीमामा पत्रकारको आकर्षण नबढेको हो । २०७२ सालबाट सञ्चालन भएको दुर्घटना बीमा करिब १० हजार पत्रकारमा अहिलेसम्म एक हजार ७७० जनाले मात्र बीमा गरेको कार्यालय सचिव शेषराज खतिवडाले बताए ।
महासंघका धेरै पत्रकार आवद्ध भएपनि संख्यात्मक रुपमा बीमा गराउने पत्रकारको संख्या बढेको छैन । वर्षेनी महासंघको सदस्यता र सूचना विभागको प्रतिनिधिपत्रको नवीकरण गर्नुपर्ने र बीमाको पनि नवीकरण गर्नुपर्ने झण्झटका कारण उल्लेख्य रुपमा पत्रकारले बीमा नगराएका हुन् ।
उनका अनुसार २०७२ सालमा ९१७ जना, २०७३ सालमा ५४४ र २०७४ सालमा अहिलेसम्म ३०९ जनाले दुर्घटना बीमा गरेका छन् । महासंघमा नवीकरण गरेको सदस्यता र सूचना विभागबाट प्राप्त प्रेस प्रतिनिधिपत्रका आधारमा दुर्घटना बीमा महासंघले गरिदिने गरेको छ ।
महासंघले आफ्ना सदस्य भएका पत्रकारलाई प्रतिवर्ष ८५ रुपैयाँमा दुर्घटना बीमा गरे तापनि पत्रकारको आकर्षण बढ्न नसकेको हो । वार्षिक रु ३३९ ले बीमा कम्पनीलाई बुझाउनुपर्ने भए तापनि सूचना विभागले ७५ प्रतिशत र बीमाकर्ता पत्रकारले २५ प्रतिशत ब्यहोर्ने गर्दछन् ।
एनएलजी इन्सोरेन्स कम्पनीमार्फत महासंघले रु पाँच लाखबराबरको पत्रकारको दुर्घटना बीमा गर्दै आएको छ । बीमा गराएका महासंघका सदस्य मृत्यु भएमा रु पाँच लाख र घाइते भएको प्रकृतिअनुसार दुई लाखसम्म दिने गरेको महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी गराए ।
महासंघका अध्यक्ष डा महेन्द्र विष्टले तुलनात्मक रुपमा दुर्घटना गराउनेको संख्या नबढेको बताउनुहुन्छ । पत्रकार आफ्नो सरोकारका विषयमा त्यति ध्यान नदिने भएकाले पनि संख्या वृद्धि हुन नसकेको उनको भनाइ छ ।
‘‘मैले पनि यति निम्न संख्यामा मात्र पत्रकारले बीमा गर्लान् भन्ने सोचेको पनि थिएन’’उनि भन्छन–‘‘ कतिपय ठूला मिडिया हाउसले आफँै पत्रकारको दुर्घटना बीमा गराउने भएकाले पनि कमी आएको हो ।’’
उनले पहिलेको तुलनामा पत्रकारले चासो राखेको भन्दै अब दुर्घटना बीमासँगै स्वास्थ्य बीमा पनि ल्याइने बताउनुभयो । दुर्घटना बीमा उपसमितिका संयोजक समेत रहनुभएका कोषाध्यक्ष गौतमले अपेक्षाअनुसार बीमा गराउने पत्रकारको संख्या नबढेको बताए ।
उनले शाखामार्फत पटक÷पटक आह्वान गरेको भए तापनि दुर्घटना बीमा नगराउनु दुःखद्को कुरा भएको बताए । महासंघका काठमाडौँ शाखा अध्यक्ष सन्तराम विडारीले दुर्घटना बीमालाई जीवन बीमाको रुपमा लैजान सके पत्रकारको आकर्षण बढ्ने बताए।
सम्बन्धित समाचार
२९ दिनको सडक आन्दोलनपछि टुंगयो आन्दोलन, सरकारसँग भयो ९ बुँदामा सहमति
काठमाडौं । सरकार र शिक्षक महासंघबीच २९ दिनपछि ९ बुँदामा सहमति भएको छ । सहमति अनुसार आगामी असार १५...
सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी
काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
सहकारी ठगी प्रकरणमा फरार नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ
काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । उन...
भुकम्प दिवसकै दिन सिन्धुपाल्चोकमा गयो ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । १० व...
रघुजी पन्त शिक्षामन्त्री नियुक्त, हटाइए कुलमानको पक्षमा बोल्ने उर्जा राज्यमन्त्री
काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । नेकपा (एमाले) नेता रघ...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस