पाकिस्तानमा ८ सुरक्षाकर्मीसहित १५ को मृत्यु

Fire

इस्लामाबाद,। पाकिस्तानको क्वेटा सहरमा शनिबार बेलुका भएको बम विस्फोटनमा परी कम्तीमा १५ मृत्यु भएको छ ।

सुरक्षाकर्मीको ट्रकलाई लक्ष्यगरी केही आतङ्ककारीले गरेको बम विस्फोटमा परी मृत्यु भएका १५ जनामध्ये ८ जना सुरक्षाकर्मी रहेका सुरक्षाअधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त विस्फोटको घटनामा परी अन्य ३० घाइते भएका पाकिस्तानी सैनिक अधिकारीले जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ ।

बालुचिस्तान प्रान्तमा पर्ने क्वेटामा स्थानीय समय अनुसार शनिबार बेलुका ९.२० मा सुरक्षाकर्मीहरुलाई लिएर आईरहेको ट्रकलाई लक्षित गरी विस्फोटन गराइएको थियो ।

क्वेटाको निकै व्यस्त मानिने पशिन चोकमा वम विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता एन्वार उल हक काकारले जानकारी दिए ।

पाकिस्तानी सेनाले पनि घटनामा ८ सुरक्षाकर्मी सहित १५ जनाको मृत्यु भएको पुष्टी गरेको छ । यस विषयमा आक्रमणकारीहरुबाट कुनै प्रतिक्रिया आएको छैन ।

घटनास्थललाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । मृतकहरुको शव उठाइएको छ भने घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचार गरिएको छ ।

अस्पतालका अधिकारीहरुले घाइते मध्ये ५ अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

विस्फोटनको प्रकृतिका बारेमा अहिले सम्म पनि केही स्पष्ट हुन सकेको छैन । तर पनि केही स्थानीय सञ्चार माध्यमहरुले भने आत्मघाती हमला भएको बताएका छन् । सरकारी अधिकारीहरुले अहिले सम्म केही बताएका छैनन् ।

विस्फोटनबाट उत्पन्न आगोले जलेर २ कार, ४ रिक्सा र २ मोटरसाईकल नष्ट भएका छन् । केही भवनहरुमा पनि क्षती पुगेको अधिकारीहरुले बताएका छन् ।

विस्फोटनका बारेमा अहिले सम्म कुनै पनि समुहले जिम्मेबारी लिएको छैन । पाकिस्तानका राष्ट्रपति मम्नुन हसिनले घटनाको निन्दागर्दै घाइतेहरुको उपचारमा ध्यान दिन सरोकारवाला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...