इजिप्टमा रेल दुर्घटनामा परी मृत्यु हुनेको सङख्या ४१ पुग्यो, १५९ घाइते

Train

इजिप्ट । इजिप्टमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङख्या शनिबार ४१ पुगेको छ ।

शुक्रबार राति दुई रेल एकआपसमा जुधेर भएको दुखद घटनामा ४१ जनाको मृत्यु भएको, १२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको र १५९ जना घाइते भएका शनिबार एक विज्ञप्ति जारी गरी इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा पु¥याइएका ४८ जना उपचारपश्चात घर फर्किसकेका विज्ञप्तिमा बताइएको छ ।

इजिप्टको ब्यस्त मानिने अलेक्जेन्ड्रिया–कायरो रेलमार्गमा भएको दुर्घटनापछि सुरक्षा अधिकारीहरूले रेलमार्गलाई पूर्णतया रोकेर उद्दारको काम अघि बढाइरहेका छन् ।

काएरोबाट अलेक्जेन्ड्रिया तर्फ हिँडेको एक रेल पोर्टसेडबाट आएको रेलसँग ठक्कर खाँदा भएको दुर्घटनाबारे अनुसन्धान शुरु भएको छ ।

दुई रेलमध्ये एउटाको इन्जिनले काम नगरेपछि लिकमा रोकिएका बेला अर्को रेल आई ठक्कर दिँदा सो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतेह अलसीसीले दुर्घटनाप्रति दुखः व्यक्त गर्दै मृतकका आफन्तलाई समवेदना व्यक्त गरेका छन । उनले घटनाको छानविन गर्दै यसका दोषीलाई कानूनी दायरामा ल्याउनसमेत भनेका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...