चीनमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते

China vukamp

चीन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या बढी रहेको छ ।

सो भुकम्पमा परी १९ जनाको मृत्यु भएको र अरु २४७ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घाइते मध्ये ४० जनाको अवस्था गम्भीर रहेको पनि समाचारमा उल्लेख छ ।

पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी मङ्गलबार राती सात म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अधिकारीहरुले बुधबार बताएका छन् ।

स्थानीय समयानुसार मंगगलबार साँझ ९ः१९ बजे आएको भूकम्पको केन्द्रविन्दु जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको भूकम्प सम्वन्धी चिनिया निकायले जनाइएको छ ।

गए रातिदेखि २४ घन्टायता दुई वटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । यसपछि पनि ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा अएको छ । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ ।

यस भूकम्पबाट भएको मानवीय र तथा भौतिक क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । यसअघि आएको ७।० म्यानिच्युडको भूकम्पमा परी स्थानीय समायानुसार बुधबार विहान ९ः३० सम्म दुई विदेशीसहित १७७ व्यक्ति घाइते भएका छन् ।

घाइते भएका विदेशीहरुमा एक फ्रान्सेली पुरुष र अर्का एक क्यानाडाली महिला रहेका छन । फ्रान्सेली पुरुषको दुइवटा नै खुट्टा भाँचिएको र अर्का क्यानाडाली महिलाको भने टाउकोमा सामान्य रुपमा चोट लागेको समाचारमा जनाइएको छ । घाइतेहरुको जिउजाइगुउमा रहेको नागरिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

सिचुवानको प्रान्तीय सरकारले यहाँका सरकारी सुरक्षा तथा उद्वारमा खट्ने निकायलौ चुस्त रुपमा काम गर्न निर्देशन दिएको छ । सोही बमोजिम उद्वारको कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

चिनियाँ नेताहरुले पुरिएकाहरुलाई बाहिर निकाल्न र उद्धार तथा राहतमा लाग्न सवैलाई आह्वान गरेका छन् । स्थलमार्ग तथा हवाई मार्ग मार्फत् सेनाले उद्धार कार्य जारी राखेको प्रान्तीय सरकारले जनाएको छ । सरकारी अधिकारीहरुका अनुसार १२ सय ८५ जना सैनिक, ९० ओटा सवारी साधन र ९ ओटा विमान उद्धार तथा राहतका लागि खटिएका छन् ।

घाइते भएर अस्पताल लगिएका मध्ये केही सामान्य घाइतेहरु प्राथमिक उपचार पछि आफ्नो घर फर्किएका छन् । उद्धारकर्ताहरुले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...