जापानमा बाढी पहिरोमा परी पाँच बेपत्ता, ५३० जना विस्थापित

Japan

टोकियो। जापानको क्युसुमा आएको भीषण वर्षापछि आएको बाढीपहिरोमा परी पाँच व्यक्तिको बेपत्ता भएका छन् । यस प्रकोपको कारण अन्य ५३० सर्वसाधारण विस्थापित भएका छन् ।

जापानको प्रमुख द्वीप क्युसुमा जुलाइको सुरुबाट परेको भीषण वर्षाको कारण यस अघि नै ३६ हताहत भइसेकेको छ ।

फुकुओका प्रान्त असाकुरामा सरहमा हराइरहेका पाँच व्यक्तिको खोजीकार्य जारी रहेको अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय अधिकारीले खोजीकार्यमा स्थानीय तीस जना प्रहरी खटिइरहेको र घटनास्थल वर्षा र बाढी पहिरोबाट निकै आक्रान्त रहेको बताएका छन् ।

गत जुलाई पाँचदेखि लगातार भइरहेको वर्षापछिको बाढीपहिरोका कारण फुकुओका प्रान्त बाहेक छिमेकी ओइता प्रान्तका पनि गरी झन्डै दुई हजार जना विस्थापित भएर एकै ठाउँमा जम्मा भएका थिए ।

एकै ठाउँमा जम्मा भएका मध्ये ५३० जना अझै पनि शरणार्थीकैरुपमा बसिरहेका छन् । बाढी पहिरोले झन्डै तीन सय वटा घरमा क्षति पुगेको छ ।

फुकुओका प्रान्तको स्थानीय सरकारले विस्थापितलाई सहयोगका लागि थप योजनाहरु पनि बनाएको छ ।

जापानको केन्द्रीय सरकारका प्रवक्ता योसिहीड सुगाले आउदो अगस्त आठमा बस्ने मन्त्रीपरिषद् बैठकले बाढी पहिरो प्रभावितका लागि केही व्यवस्था गर्ने बताए ।

जल तथा मौसम विज्ञान विभागले आइतबार पनि यस्तै प्रकोप आउने सक्ने खतरा रहेको भन्दै सतर्क रहन आह्वान गरेको छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...