हवाइ आक्रमणमा पचास तालिवान लडाकूको मृत्यु

Aaaa

अफगानिस्तान । अफगानिस्तानको पूर्वी क्षेत्र खोस्टमा लुकिछिपी बसेका तालीवानी लडाकूलाई लक्षित गरी गरिएको कारबाहीमा कम्तीमा ५० तालीवानी लडाकूको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीले शनिबार बताएका छन् ।

आक्रमणमा तीन जना घाइते भएका बताइएको छ ।

स्थानीय प्रहरी प्रमुख गुलाव मङ्गलले बताए, “मुसाखिल जिल्लाको पिरी क्षेत्रमा शुक्रबार राति अमेरिकी नेतृत्वको गठबन्धनले चलाएको हवाई आक्रमणमा ५० जना तालीवानी लडाकूको मृत्यु भएको र तीन जना विद्रोही घाइते भएका छन् ।” उक्त क्षेत्र राजधानी काबुलबाट १५० किलोमिटर दक्षिण पूर्वमा पर्छ ।

आक्रमणमा तालीवान विद्रोहीले लुकाई राखेका केही हतियार र बन्दोबस्तीका सामान र उनीहरूले लामो समयदेखि प्रयोग गर्दै आएको आश्रयस्थल पनि नष्ट गरिएको छ ।

घटनाबारे शनिबार एक विज्ञप्ति प्रकाशित गरी अफगानी रक्षामन्त्रीले पनि पुष्टि गरेका छन ।
विद्रोही समूहले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...