२४ हजार पर्यटक कन्याममा

Ilam ko kanyam

इलाम, । आर्थिक वर्ष २०७३÷७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । यहाँ भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ ।

मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दरताले भरिपूर्ण कन्याममा पर्यटकको चाप बढेको कन्यामका स्थानीय बासिन्दा काजीमान कागते बताए ।

सूचना केन्द्र जोरकलशका गगन घिमिरेका अनुसार २९ हजार ८ सय २९ महिला र ३६ हजार ४ सय ७० पुरुष गरी कुल ६६ हजार २ सय ९९ जनाले इलामको भ्रमण गरेका थिए ।

पर्यटकले पाथीभरा, पशुपतिनगर, इलाम सदरमुकाम, फिक्कल, श्रीअन्तु करफोक र माईपोखरीको भ्रमण गरेका थिए । इलाम हुँदै पर्यटक फिदिम ताप्लेजुङ र तेह्रथुमसम्म पुग्ने गरेका छन् ।

सत्र हजार १ सय ९२ जनाले पशुपतिनगरको, इलाम सदरमुकामको १७ हजार ५ सय ५६ जनाले, फिक्कलको ३ हजार ३ सय ३२ जनाले तथा ७ सय ४४ जनाले अन्तु क्षेत्रको भ्रमण गरेका थिए । गत आवमा १ सय ५४ विदेशी पर्यटकले इलाम भ्रमण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...