बालिका बलात्कार गर्ने बलात्कारीलाई बीच बजारमा गोली हानेर मारियो

बलात्कारीलाई यसरी बीच बजारमा गोली हानेर मारियो2864

एजेन्सी । यमनको राजधानी सनामा एक बलात्कारीलाई बीच बजारमा गोली हानेर मृत्युदण्ड दिइएको छ ।

ती अपराधीमाति ३ वर्षकी बालिकालाई बलात्कार गरी हत्या गरेको आरोप प्रमाणित भएको थियो । अदालतले मृत्युदण्डको सजाय सुनाएका ती व्यक्तिलाई इस्लामिक कानुनअनुसार सजाय दिइएको हो ।

४१ वर्षमा मुहम्मद अल मघभरीलाई जेलको गाडीमा बजारको मुख्य चोकमा ल्याइयो । त्यसपछि सडकमा एउटा कपडा बिच्छेयाएर उनलाई सुताइयो । उनका दुवै हातलाई पिठ्युँतर्फ लगेर बाँधियो ।

त्यसपछि बीच सडकमा सैनिक जवानहरुले उनलाई एके–४७ राइफलले गोली हानेर मारिदिए । यो तमाशा हेर्नको लागि हजारौं जनता सडकको चोकमा आएका थिए । उनीहरुले घटनाको भिडियो बनाए ।

घटनाको कभरेजको लागि चोकमा टिभि च्यानलका क्यामेराहरु जडान गरिएका थिए । टेलिभिजनहरुले घटनाको प्रत्यक्ष प्रसारण गरे । शरीया कानुन अनुसार हत्याको अपराधीलाई मृत्युदण्ड दिइन्छ । यो सजाय पीडितको परिवारले मात्र बदल्न सक्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...