आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’

Torisam

काठमाडौँ, । मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेकामा वक्ताले जोड दिएका छन् ।

जिपी कोइराला फाउन्डेसनले स्व गिरिजाप्रसाद कोइरालाको ९४ औँ जन्मजयन्तीका अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्राकृतिक र सांस्कृतिक रुपमा धनी रहेको नेपालमा पर्यटन व्यवसायले आर्थिक वृद्धि गर्नसकिने बताए ।

मन्त्री कार्कीले नेपालमा पर्यटन व्यवसायका लागि भएको सम्भावनालाई पूर्ण उपयोग गर्न नसकेको भन्दै विद्यमान समस्या समाधान गर्दै पूर्वाधारको विकास गर्न सकेमात्र आशाअनुरुप पर्यटक नेपाल भित्र्याउन सकिने उल्लेख गरे।

कार्यक्रममा नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले मुलुकमा रहेको अस्थिरताका कारणले पर्यटन प्रवद्र्धन गर्न नसकिएको बताउँदै संविधान कार्यान्वयन गरेमात्र मुलुकको आर्थिक विकास गर्न सकिने विचार व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले सांस्कृतिक र प्राकृतिकरुपमा धनी रहेको देशले पर्यटनमा सोचेजस्तो फड्को मार्न नसकेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दिगो विकासको मुख्य आधार भनेको पर्यटन व्यवसाय भएकाले यसको विकास र विस्तारका लागि निजी क्षेत्र र सरकार मिल्नुपर्ने बताए ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले एक मुठी माटो नबेची आम्दानी गर्ने व्यवसाय पर्यटन भएकाले यसको विकास र विस्तारका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...