भारतीय प्रधानमन्त्री इजरायल र जर्मनी भ्रमणमा

Mod

नयाँदिल्ली, । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको औपचारिक भ्रमणका लागि मङ्गलबार त्यसतर्फ लागेका हुन । इजरायल र जर्मनीको औपचारिक भ्रमणका लागि उनी मङ्गलबार इजरायलतर्फ लागेको समाचारमा जनाइएको छ ।  

भारतीय प्रधामन्त्रीबाट यस यहुदी राज्यको भ्रमण भएको यो नै पहिलो पटक हो । त्यसैले यस भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले ऐतिहासिक भनेका छन् । 

भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा गरिने समारोहमा प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाइएको छ । 

सो विशेष समारोहमा सहभागिताका लागि उनी आजदेखि ६ जुलाइसम्म इजरायलमा रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

यस भ्रमणका क्रममा उनले आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँग भेटावार्ता गर्ने र सो वार्ताको क्रममा द्विपक्षीय चासोका धेरै विषयमा छलफल हुने जानकारी दिइएको छ ।  

साथै उनले इजरायली राष्ट्रपति रेउभेन रिभरिनसँग पनि प्रधानमन्त्री मोदीले शिष्टाचार भेट गर्ने छन् । ‘भोलिबाट म इजरायलको ऐतिहासिक भ्रमण सुरु गर्दैछु र इजरायल भारतको एक घनिष्ठ मित्रको रुपमा रहेको छ– प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर अकाउन्टमा भने । 

यस यहुदी मुलुकको भ्रमण गर्ने म नै पहिलो भारतीय प्रधानमन्त्री हुन पाएकोमा मैले आफूलाई सौभाग्यशाली ठानेको छु  उनले भने ।
आफू इजरायल भ्रमणको अभूतपूर्व क्षणको प्रतिक्षारत रहेको र यसबाट दुई देश र जनताको सम्बन्ध थप नजिकिने छ– प्रधानमन्त्री मोदीद्धारा सोमाबार जारी विज्ञप्तिमा जनाइएको छ । 

उनले पहिलो चरणमा इजरायलको भ्रमण गरी त्यसपछि जर्मनीतर्फ लाग्ने छन् ।  उनको साथमा भारतीय उच्च सरकारी अधिकारीहरुको समूह रहेको छ । 

जर्मनीको ह्याम्बर्गमा हुन लागेको जी–२० सम्मेलनमा भाग लिन उनी जर्मनी जान लागेको भारतीय विदेश मन्त्रालयले यस अघि नै जानकारी दिएको थियो । 

उनको भ्रमणको कार्यतालिका भन्दै भारतीय विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भ्रमणको अन्तिम गन्तब्यको रुपमा प्रधानमन्त्री मोदी जर्मनी पुगे हुन ह्याम्बर्गमा आगामी जुलाई ७ देखि ८ सम्म हुने जी–२० को सम्मेलनमा सहभागी हुने बताइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...