आकाशमा मार हान्ने क्षेप्यास्त्र परीक्षणमा भारत विफल

Agni missile india

काठमाडौं । भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने ३० प्रतिशत क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएको छ । केही क्षेप्यास्त्र प्रहार नै हुन नसकेको बताइएको छ ।

शत्रुको विमान आफ्नो क्षेत्रमा प्रवेश गरे त्यसलाई प्रहार गर्न भनेर बनाइएका ‘आकाश’ नामक क्षेप्यास्त्रको विकासमा भारतीय रक्षा मन्त्रालयले ७० करोड डलरभन्दा बढी खर्च गरिसकेको छ ।


ती क्षेप्यास्त्रहरु चीनसँगको सीमानामा तैनाथ गर्ने भारतीय योजना रहेको बताइएको छ । तर प्राप्त विवरणहरु अनुसार क्षेप्यास्त्र तैनाथ गरिने स्थलहरु तयार नभइसकेकोले हालसम्म एउटा पनि तैनाथ गरिएको छैन ।

भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने ३० प्रतिशत क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएको छ । त्यसले लडाइँका बेला त्यसले जोखिम निम्त्याउन सक्ने औंल्याएको छ ।

लडाइँका बेला त्यसले जोखिम निम्त्याउन सक्ने प्रतिवेदनले औंल्याएको छ । त्यस्ता क्षेप्यास्त्रको अवस्थाबारे विवरण दिएको प्रतिवेदनले २० वटा क्षेप्यास्त्र परीक्षण गरिएकोमा केही अपेक्षित गतिमा नगएको र केही लक्ष्यसम्म नपुगेको बिबिसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...