बोको हरामको आक्रमणमा परी नाइजेरियामा ५० मृत्यु

221

नाइजेरिया । नाइजेरियाको उत्तरपुर्वी क्षेत्रमा बोको हराम समूहले गरेको आक्रमणमा परी ५० भन्दा बढीको मृत्यु भएको छ ।

तेल अनवेषणकर्ताहरूको समुहलाई लक्षित गरी यसै हप्ता भएको आक्रममा परी उनीहरूको मृत्यु भएको चिकित्सक तथा मानवअधिकारकर्मीहरूले जनाएका छन् ।

घटनास्थलबाट माइदुगुरी विश्वविद्यालयमा कार्यरत भूगर्भविद् र सर्वेक्षकहरूको उद्दार गरिएको बताइएको छ । आक्रमणकारीहरूले थापेको एम्बुसमा परी तेल अन्वेषण समूहका कम्तीमा ५ सदस्य मारिएको अधिकारीहरूले जनाएका छन् । एम्बुसमा सिपाही र आक्रमणकारी समुहका सदस्य पनि मारिएको बताइएको छ ।

बोको हराम विद्रोह सन २००९ मा शुरु भए यता कम्तीमा २० हजार मारिएका र हजारौं अपहरणमा परेका संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

सरकारी सेनाले बुधबार भएको आक्रमणमा १० मृत्यु भएको जनाएको छ । मैगुमेरी भन्ने ठाँउमा भएको घटनास्थलबाट प्रहरीले ४७ जनाको शव बुधबार नै निकालेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...