पाकिस्तानका प्रधानमन्त्री शरीफ पानामा लिक्समा दोषी ठहर

Nawaz secvpf

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफलाई पानामा लिक्स मामिलामा दोषी ठहरिएका छन् ।

पाकिस्तानी सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद पााच सदस्यीय इजलासले नवाज शरीफलाई दोषी ठहर गरेको हो ।

राजधानी इस्लामावादमा कडा सुरक्षा व्यवस्था माझ सर्वोच्च अदालतले त्यस्तो फैसला सुनाएको छ। अदालतमा फैसला सुन्नका लागि मानिसहरुको ठूलो भिड लागेको थियो ।

बीबीसीका अनुसार अब प्रधानमन्त्री शरीफले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनु पर्नेछ । कालो धन जम्मा गरेको आरोप प्रमाणित भएपछि सत्तामा बस्न अयोग्य भएको विविसीले जनाएको छ ।

विपक्षी दल पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष इमराज खानले पनामा पेपर लिक्स प्रकरणमा अदालतमा मुद्दा दायर गरेका थिए । उनले हालै सर्वोच्च अदालतमा यस मुद्दाको छिटो फैसला सुनाउनुपर्ने माग गर्दै अपिल समेत गरेका थिए ।

सन् २०१५ मा भएको चर्चित पनामा पेपर्स प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसंग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिका बारे छानविन भएको थियो ।

पनामा पेपर्स प्रकरणपछि नवाज शरिफको परिवारको सम्पत्तिका बारे छानविन गर्न गठन गरिएको टोलीले गत १० जुलाईमा आफ्नो प्रतिवेदन दिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...