विहारमा मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

Nitish kumar

काठमाडौं । नेपालसँग सीमाना जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन् ।

उनले बुधबार साँझ गभर्नर केशरीनाथ त्रिपाठीसमक्ष राजीनामा दिएको बताइएको छ ।

नीतीशले राजीनामा दिएपछि पत्रकारहरुलाई आफूले बिहारको स्वार्थका लागि राजीनामा दिएको बताएका छन् ।

उनले आरेजेडीका नेताहरुमाथि लागेको भ्रष्टाचारका बारेमा कुरा गरेको तर यस सम्बन्धमा कुनै प्रगती नभएपछि काम गर्न गाह्रो भएकोले राजीनामा दिएको समेत उल्लेख गरेका छन् ।

नीतीशले किन राजिनामा दिए भन्ने बारेमा स्पष्ट नखुले पनि गठबन्धनभित्रको किचलोका कारण राजीनामा दिएको हुनसक्ने दी इण्डियन एक्सप्रेसले जनाएको छ ।

उनले राजीनामा दिने निर्णय जेडियू–एमएलएस्‍को बैठकका बेला गरेका थिए । त्यसको एमएलएस्ले तत्कालै अनुमोदन गरेको बताएको छ ।

 

प्रतिकृया दिनुहोस