उत्तरी भारतमा बस दुर्घटनामा २८ को मृत्यु

India accident

नयाँ दिल्ली, । उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएको छ ।

यस दुर्घटनामा अन्य ७ घाइते भएका छन् । यस घटनामा घाइते भएका सबैको अवस्था गम्भीर भएको जनाइएको छ ।

प्रान्तीय राजधानी सिमलाबाट १ सय २० किलोमिटर टाढा पर्ने रामपुरनजिकै राष्ट्रिय राजमार्ग नं ५ मा सो दुर्घटना भएको थियो । चालकले नियन्त्रण गुमाएका कारण सो बस खोँचमा खसेको जनाइएको छ ।

यस बसमा चालक र सहायकसहित ४० भन्दाबढी व्यक्ति सवार रहेका जनाइएको छ । सो क्षेत्र एक पहाडी अप्ठेरोमा रहेकोले बारम्बार यस्ता दुर्घटना हुने गरेको अर्को एक समाचारमा जनाइएको छ ।

यस घटनाको अनुसन्धान सुरु भएको एकजना वरिष्ठ सरकारी अधिकारीले जानकारी दिएको छ

प्रतिकृया दिनुहोस