६ पर्यटकीय योजना सम्पन्न

View tower

लमजुङ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा ६पर्यटकीय योजना सम्पन्न भएका छन् । २ भ्यू टावर, वैकल्पिक अन्नपूर्ण पदमार्ग मर्मत, बराहपोखरी पदमार्ग निर्माण, क्यानोइङ छाँगाबरोहण संरचना र तातोपानी कुण्ड मर्मतका योजना सम्पन्न भएका हुन् ।

स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलका अनुसार अन्नपूर्ण पदमार्गमा २० लाख र बराहपोखरी पदमार्ग १० लाख खर्च गरिएको छ । अन्नपूर्ण पदमार्गमा मोटरबाटो बनेर पर्यटकलाई समस्या हुन थालेपछि वैकल्पिक पदमार्ग निर्माण शुरु गरिएको हो ।

जिल्लाको उत्तरी भागमा पर्ने पवित्र तीर्थस्थल बराह पोखरी पुग्न समस्या भएपछि पदमार्ग निर्माण गरिएको हो । पर्यटन योजनाअन्तर्गत उत्कृष्ट घरवास ‘होमस्टे’ काउलेपानीमा १० लाखको लागतमा भ्यू टावर निर्माण गरिएको छ । करापुमा समेत १५ लाखको लागतमा भ्यू टावर निर्माण गरिएको छ ।

ताघ्रिङस्थित स्याँगे झरनामा क्यानोइङ छाँगाबरोहण प्रवद्र्धनका लागि ५ लाख खर्च भएको छ । अन्तर्राष्ट्रिय क्यानोइङ महोत्सव गर्ने लक्ष्यका साथ उक्त संरचना निर्माण गरिएको सिग्देलले बताए । ताघ्रिङकै जगतस्थित तातोपानी कुण्ड सरसफाइ तथा संरचना निर्माणका लागि ५ लाख खर्च गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...