चीनमा एक भवनमा आगलागी हुँदा २२ को मृत्यु

China ma agio lagi

काठमाडौँ । चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ ज्यान गएको समाचार छ ।

उक्त प्रान्तका स्थानीय अधिकारीहरुले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् । उनीहरुले आइतबार बिहान सबेरै करिब साढे ४ बजेतिर २ तले एक आवासीय घरमा आगलागी सुरु भएको बताएका छन् ।

यासुङ् बजारमा रहेको सो घरमा भएको आगलागीको उद्वारका लागि छोटै समयमा नै उद्वारकर्ताहरु पुगेपनि कतिपयको आगोमा निसास्सिएर ज्यान गएको बताइएको छ ।

आगलागीका समयमा कतिजना व्यक्ति बसिरहेका थिए भन्ने बारेमा केही खुलेको छैन । यस वषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । प्रहरीले सो आगलागीमा परेका दुई जना गम्भीर रुपमा घाइते भएका जनाएको छ ।

अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीले आगलागीको कारण निकै रहस्यमय हुनसक्ने भन्दै अनुसन्धान थालेको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार दुई तलाको मात्र सो घरमा भएको आगलागीको छोटो समयमै कसरी त्यति धेरै नागरिकको ज्यान गएको हो भन्ने बारेमा खोजी सुरु गरिएको हो ।

 

प्रतिकृया दिनुहोस