नोबेल पुरस्कार विजेता लिउको अन्तिम विदाई

Liuxiaobo1

चीन । गत बिहीबार निधन भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको शनिबार अन्त्येष्टी गरिएको छ । उनको शवलाई उनकी श्रीमती लिउ जियासहितले आफ्नो संस्कार अनुसार शनिबार विहान अन्त्येष्टी गरेका हुन् ।

अन्त्येष्टीका बेला सामान्य रुपमा आयोजना गरिएको विदाई समारोहमा उनका पारिवारिक सदस्य, इष्टमित्र र सुवेच्छुकहरुले लिउलाई दुःखका साथ सधैका लागि विदाई गरेका छन ।

कलेजोको क्यान्सरबाट अन्तिम अवस्था पुग्नु भएका ६१ बर्षीय जियाओबोको उपचार सफल हुन नसकेपछि सवै अङ्गहरुले काम गर्न छाडेर निधन भएको गत बिहीबार निधन भएको थियो ।

उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको ‘फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटि’ कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेबसाईडमार्फत् सार्वजनिक गरेको थियो ।

चीनको शासन व्यवस्थाको पूर्नसंरचा गर्नु पर्ने आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनु पर्ने लगायतका अभियान चाल्नु भएका प्रजातन्त्रका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो ।

त्यसपछि सन् २००९ मा उनलाई ११ बर्षे जेल सजायको घोषणा गरिएपछि उनले अहिलेसम्म पनि काराबासको सजायँ भोगी रहेका थिए । जेलमै रहनु भएको अवस्थामा सन् २०१० मा नोबेल शान्ति पुरस्कार पाउनु भएको थियो ।

सन् १९३८ ताका नाजीहरुका राज्यकालमा नोबेल पुरस्कार बिजेता जर्मनका कार्ल भान ओसित्स्कीको जेलमै मृत्यु भएझैँ चिनियाँ अधिकारकर्मी लिउको पनि जेलमै मृत्यु हुने खतरा देखेपछि सघन उपचारका लागि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...