अफगानी सुरक्षा कारबाहीमा ६९ जनाको मृत्यु

काबुल । अफगानिस्तानका विभिन्न ठाँउमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६९ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा अफगानी सुरक्षा फौजले गरेको कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको हो ।

रक्षा मन्त्रालयले राष्ट्रिय सेना र प्रहरीले विभिन्न ठाँउमा गरेको कारबाहीमा मारिनेमा नौ जना इस्लामिक स्टेटका लडाकूहरु समेत रहेको जनाएको छ । घटनामा परी अरु ३९ जना घाइते पनि भएको मन्त्रालयले जनाएको छ ।

सुरक्षाकर्मीहरुले ४ जना लडाकूलाई नियन्त्रणमा लिएका छन् । अफगानिस्तानको नान्गाहार, कापिसा, पाक्तिआ, पाक्तिका, खोस्ट, लोगार, कान्दाहार, जाबुल, फाराह, बाद्घिस, कुन्दुज, फार्याव, बाल्ख, ताखार र हेल्मन्ड प्रान्तमा सरकारी पक्षले सुरक्षा कारबाही चलाएको थियो ।

अफगानिस्तानको सुरक्षा बलले लडाूुहरु विरुद्धमा विगत केही दिनदेखि देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाहीलाई तीव्रता दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...