हङकङमा १ राष्ट्र २ व्यवस्था निरन्तर

Hongkong

हङकङ, । एकजना चिनियाँ राजदूतले हङकङमा अहिलेकै जस्तो १ देश २ व्यवस्था कायमै रहने जानकारी दिए ।

उनले भने हाल हङकङमा १ देश र २ राजनीतिक व्यवस्थाको अवस्था छ, त्यो यहाँ आगामी दिनमा पनि निरन्तर नै रहने छ, यसैमा हङकङको आर्थिक तथा राष्ट्रिय बिकास सम्भव छ ।

भियतनामका लागि हङकङका राजदूत च्यो योङ्ले बिहीबार साँझ भियतनमको राजदूताबासमा अयोजना गरिएको स्वागत समारोहमा सो धारणा राखिएको हो ।

हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सव तथा यहाँको सरकारको पाँचौ बार्षिकोत्सवका अवसरमा भियतनामको दूताबासमा यस्तो समारोहको आयोजना गरिएको हो ।

सो अवसरमा हङकङमा पनि विशेष कार्यक्रमको आयोजना भएको छ ।
राष्ट्रपति चिनफिङले विशेष प्रशासित क्षेत्र हङकङलाई चीन सरकारले सधैँ सहयोग गर्ने बताउनुभएको थियो । उनले पछिल्लो समयमा हङकङले १ राष्ट्र र २ व्यवस्थामा आधारित नीतिका कारण देशको बिकास र प्रशासन सञ्चालनमा राम्रो गरेको बताएका थिए ।

उनले भने केन्द्र सरकारका हैसियतबाट चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङको विकास र यहाँका नागरिकको उन्नतिका लागि चीनले सधँै सहयोग गर्नेछ ।

राजदूत योङले पनि आज राष्ट्रपति चिनफिङको सोही अभिव्यक्ति दोहो¥याउए । विशेष प्रशासित क्षेत्रका रुपमा पछिल्लो समयमा हङकङको आर्थिक र सामाजिक उन्नति भइरहेको छ, यो पनि चीनकै एक सरकार नीतिका कारण हो– उनले भने । सिन्ह्वा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...