यूएईका राष्ट्रपति लामो समयपछि सार्वजनिक कार्यक्रममा सहभागी

Uae

आबुधाबी यूएई । युनाइटेड अरब इमिरेट्स यूएई का राष्ट्रपति शेख खालिफा बिन जैयद अल नयन सन् २०१४ मा मस्तिष्कघातका कारण बिरामी भएपछि आइतबार पहिलो पटक सार्वजनिक रुपमा देखा परेका थिए ।
मुसलमानहरुको महत्वपूर्ण पर्व ईद उल फित्र मनाउने क्रममा राष्ट्रपति शेख खलिफा सार्वजनिक कार्यक्रममा सहभागी भएको यूएईको सरकारी समाचार संस्था ‘वाम’ ले जनाएको छ । वामले राष्ट्रपति सार्वजनिक कार्यक्रममा सरिक भएका तस्बिर सार्वजनिक गरेको छ ।

शेख खालिफाका अधिकारीसमेत सहभागी कार्यक्रमको तस्बिर सार्वजनिक गरिएको हो । ईदको पहिलो दिन आबुधाबी दरबारमा विदेशी पाहुनासहित शेख खालिफा हँसिलो मुद्रामा प्रस्तुत भएको थिए ।

६९ वर्षीय राष्ट्रपति शेख खालिफा सन् २०१४ को जनवरीमा मस्तिष्कघातका कारण बेहोस भएपछि उनको शल्यक्रिया गरी उपचार भएको यूएईले जनाएको थियो ।

बिरामीका कारण भएको अनुपस्थितिमा उनका सौतेनी भाइ शेख मोहम्मद बिन जैयदले कार्यवाहक राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्दै आउएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...