पाकिस्तानमा तेल ट्याङ्करमा आगोलाग्यो १सय २० मृत्यु, १ सय घाइते

Islam bad

इस्लामावाद, । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर आगलागीमा कम्तीमा पनि १ सय २० जनाको जलेर मृत्यु भएको छ । भने १ सय घाइते भएका छन् ।

पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा सो दुखद घटना भएको त्यहाँको अस्पतालले जानकारी दिएको छ । पाकिस्तानी पञ्जाव प्रान्तको बहालपुरमा रहेको भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा।अरुन्जेबले सो जानकारी दिएको छ ।

उनले उक्त आगलागीका कारण ज्यान जानेको सङ्ख्या १२० पुगेको पुष्टि गरेका छन् ।
बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा सो दुर्घटना भएको हो । उक्त मार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको एक ट्याङ्कर अकस्मात सडकमा पल्टिएको थियो ।

सडकमा ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको प्रज्ज्वलनशील पदार्थ पोखिएको र पोखिएको सो तेल बटुल्नका लागि जम्मा भएका नागरिकलाई आगालागीले शिकार बनाएको थियो ।

सयौँको सङ्ख्यामा जम्मा भएर नागरिकले तेल उठाउदै गर्दा अकस्मात उक्त तेलमा नै आगो लागेको थियो । आगो लागेपछि नागरिकमा भागाभाग मच्चिए पनि उनीहरु सबैजना एकैपटक भाग्न सकेका थिएनन् ।

सडकमा ट्याङ्कर दुर्घटना नै भएर हो या किन पल्टियो भन्ने बारेमा भने केही बताइएको छैन । त्यसैगरी तेल पोखिएपछि आगो कसरी लाग्यो भन्ने बारेमा पनि केही पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

तर कतिपय स्थानीय सञ्चारमाध्यमहरुले पोखिएको तेल उठाउन आएकामध्येकै कसैले चुरोटको ठुटो त्यहाँ फालिदिएका कारण सो आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर यसको पुष्टि भने भएको छैन ।

स्थानीय दमकल विभागका एकजना कर्मचारीले सो दुर्घटनास्थलमा कम्तीमा पनि तीन वटा दमकल पठाइएको जनाएका छन् । उनका अनुसार सो सडक बस्तीभन्दा केही पर रहेकोले बस्तीमा भने आगोको असर केही परेको छैन ।

तर त्यहाँ रहेका करिब ७५ वटा मोटरसाइकल र ६ वटा गाडी भने आगोमा जलेर ध्वस्त भएका छन् । अधिकांश ती सवारी साधन पनि पोखिएको तेल जम्मा गर्न आएका मानिसको भएको अनुमान गरिएको छ । सिन्ह्वा

प्रतिकृया दिनुहोस