कोलोम्बिायामा खानी विस्फोट १ मृत्यु १८ बेपत्ता

Bomb blast pnp

बोगोटा, । मध्य कोलोम्बियामा अवस्थित एक स्थानीय खानी शुक्रबार विस्फोट हुदाँ एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

आधिकारीक जानकारीअनुसार बेपत्ता कामदारको खोजीको लागि उद्धाराकार्य जारी रहेको छ । उत्तर बोगोटाबाट ९० किलोमिटर उत्तरमा पर्ने कुन्दिनामार्का राज्यको कुकुनुबा सहरमा रहेको सो खानी विस्फोट भएको थियो ।

अधिकारीहरुका अनुसार यस विस्फोटनको कारण हालसम्म प्रष्ट नभएको र यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएको छन् ।

सो खानीमा फर्सेका कामदारहरुलाई उद्धार गर्नको लागि राति पनि प्रयास जारी रहेको संकटकालीन व्यवस्थान एकाइका निर्देशक विलसन गर्सियाले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...