लन्डनमा आगलागी हराएका व्यक्तिहरु मारिएका आशङ्का  

London fire

 

लन्डन, । बेलायतको लन्डनमा अवस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’मा गत बुधबार रातिको समयमा भएको आगलागीमा परी हराएका व्यक्तिहरु मारिएको आशङ्का गरिएको छ ।

ती व्यक्तिहरु मारिएका भए सो सङ्ख्या ५८ पुग्ने प्रहरी कमाण्डरले शनिबार बताए । प्रहरी कमाण्डरका अनुसार यसअघि नै यस घटनामा मारिएका व्यक्तिको सङ्ख्या ३० पुष्टी भईसकेका थियो ।

मृतकको सङ्ख्या ५८ पुगेपछि पनि यो परिवर्तन हुन सक्ने अनुमान गरिएको पनि प्रहरी कमाण्डरले बताउनु भएको छ । बिबिसीले मृत्यु हुनेहरुको सङ्ख्या ७० जनाको हाराहारीमा हुन सक्ने एउटा रिपोर्टमा जनाएको छ ।

ग्रेटफेल टावर लन्डनको पश्चिमी क्षेत्रमा पर्दछ । यो सन् १९७० को दशकमा बनेको हो । पटक पटक गरेर त्यसमा अहिले १२० ओटा घरहरु गाभिएका छन्

बेलायती प्रधानमन्त्री थेरोसा मे घटनामा पिडित परिवारजनलाई सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ । सिन्ह्वा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...