खेल मैदानमा गोली प्रहारमा अमेरिकी सांसद घाइते

Kheal maidan

भर्जिनिया । भर्जिनियाको बेसबेल मैदानमा खेल हेर्न उपस्थित भएका सांसदहरुमाथि बुधबार बिहान अन्धाधुन्द गोली प्रहार हुँदा एक सांसद घाइते भएका छन् ।

फक्स न्यूजका अनुसार रिपब्लिकन सांसद स्टिभ स्कालिस र उनका साथीहरुलाई गोली लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत ट्विट गरेर सांसद स्टिभको शिघ्र स्वास्थलाभको कामना गरेका छन् ।

सांसद स्टिभलाई तिघ्रामा गोली लागेको छ । उनी खतरामुक्त रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरुलाई उधृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँ धेरै राउण्ड गोली चलेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...