लन्डनको २७ तले भवनमा आगलागी,

Agolo lagi

लन्डन, । पश्चिम लन्डनमा अवस्थित अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी अहिलेसम्म ३० जना घाइते भएका छन् । सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो ।

एक २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा खटिरेको र यसको यकिन हुन नसकिरहेको बताएको छ ।

सो भवनभित्र करिब २०० जनाको बसोबास रही आएको पाइएको छ । प्रहरीले त्यहाँ करिब २०० जना बस्ने गरेको र कैयौँ व्यक्ति थुनिएर रहेको भन्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको जनाएको छ । आगो के कसरी लागेको हो भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

बुधबार बिहानीपख सो भवनमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । भवनको करिब २५ औँ तला तिरबाट आगो निस्किएको देखिएको प्रहरीले जनाएको छ ।

आगो लागेको तला भन्दा माथि सेतो कपडा लगाएको एकजना व्यक्तिले उद्वारका लागि सहयोग मागिरहेकोजस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

तर प्रहरीले यस आगलागीमा त्यस्तो कुनै पनि आतङ्ककारी हमलाको प्रयास नभई त्यहाँ प्राविधिक रुपमा मात्र आगो लागेको जनाएको छ । एएफपी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...