पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’  

नयाँ दिल्ली, । पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा प्रवेशाज्ञा प्राप्त गरेको समाचार छ ।

उक्त दम्पत्तिले आफ्नो शिशुको उपचारका लागि भारत आउन मेडिकल भिसा खोजेको थियो । तर सुरुमा नपाएको समाचार आएको थियो । उक्त समाचारपछि भारतीय विदेशमन्त्री सुषमा स्वराजको हस्तक्षेपपछि सो भिसा दिइएको हो ।

सो प्रवेशाज्ञापछि पाकिस्तानी नागरिक कलवाल सादिकको दम्पत्ति मङ्गलबार नयाँ दिल्ली आइपुगेको छ । उनीहरुले ती शिशुको उपचार भारतको नोएडास्थित अस्पतालमा गराउने योजना बनाएका छन् ।

नोएडाको अस्पताल भारतीय राष्ट्रिय राजधानी नयाँ दिल्लीभन्दा करिब ३० किलोमीटर टाढा पर्दछ । पाकिस्तानमा रहेको भारतीय उच्चनियोगले सोमबार साँझ त्यस दम्पत्तिलाई भिसा दिएको थियो ।

पाकिस्तानी नागरिक सादिकले आफूले भिसा नपाएको कुरा भारतीय विदेशमन्त्री स्वराजलाई ट्वीटर अकाउन्टमार्फत गुनासो सार्वजनिक गरेका थिए ।

सोही आधारमा उनलाई भिसा दिनु भन्ने आदेश स्वराजले फोनमार्फत पाकिस्तानस्थित उच्चायोगलाई आदेश दिथियो । विदेशमन्त्रीको आदेश बमोजिम नै आफूले भिसा पाएको सादिकले जानकारी दिएका छन् ।

सादिकको चार महिने छोरा रोहानको मुटुमा प्वाल देखिएको छ । उनले नोएडामा नै उनको उपचार गराउन चाहेका थिए । सोही बमोजिम उनले भिसाको लागि आवेदन गर्दा प्राप्त गर्न सकेका थिएनन् ।

हाल भारत र पाकिस्तानका बीचमा केही दिनयतादेखि विवाद बढ्दो देखिएको छ । यसै कारण भारत र पाकिस्तानका नागरिकलाई आपसमा यात्राका लागि पनि समस्या उत्पन्न हुने गरेको छ ।

उनले केही दिनअघिमात्र किन मेरो शिशुले उपचार पाउन नसक्ने म्याडम सुषमा र सर सरताज अजिज भनेर भारतीय विदेशमन्त्री स्वराज र पाकिस्तानी विदेशमन्त्री सरताज अजिजलाई उनीहरुको ट्वीटरमा लेखिएको थिए ।

उक्त ट्वीटरको प्रतिउत्तरमा स्वराजले भनेका थियो– होइन, दुई देशको वर्तमान सम्बन्धको शिकार रोहान बन्ने छैनन्, तपाईले मेडिकल भिसा पाउनुहुने छ, पाकिस्तानमा रहेको भारतीय हाइ कमिसनमा सम्पर्क गर्नु ।

त्यो सूचनापछि सादिक उक्त हाइ कमिसनमा पुगेका थिए र लगत्तै उनले भिसा पनि प्राप्त गरेका थिए । उनी आजै भारत आइपुगेका नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस