भारतमा सडक दुर्घटनाको अवस्था भयानक

दैनिक ४ सयको ज्यान जाने गर्छ

Death   2

नयाँ दिल्ली, । भारतमा सडक दुर्घटनाको अवस्था निकै भयानक बन्दै गएको छ । प्रत्येक चार मिनेटमा एकजनाको सडक दुर्घटनाकै कारण ज्यान जाने गर्छ ।

हरेक दिन कम्तीमा पनि ४०० जनाको यसरी सडक दुर्घटनामा मृत्यु हुने गरेको एक तथ्याङकले देखाएको छ । यसरी दिनदिनै बढ्दै गएको सडक दर्घटनालाई नियन्त्रण गर्नको लागि ‘नो हेल्मेट नो पेट्रोल’ अथवा हेल्मेट नलगाउने मोटर साइकललाई पेट्रोल नदिइने नीति ल्याइएको छ ।

सडक दुर्घटनाको अन्त्यका लागि प्रभावकारी बनाउने उद्देश्यले भारतको उत्तरप्रदेश राज्यले यो नीतिको अख्तियार गरेको हो ।

यस नीति अनुसार कुनै मोटरसाइकलको चालकले हेल्मेट लगाएको छैन भने उसको सवारी साधनमा पेट्रोल हाल्न नदिइने गरिएको छ ।

यस प्रकारको निती कार्यान्वयन पछिको अनुसन्धानबाट के कति मात्रामा यस्तो दुर्घटना घट्यो भन्ने बारेमा भने कुनै जानकारी आएको छैन ।

सधै हुने गरेका यस्ता दुर्घटनामध्ये अधिकांश मोटरसाइकलबाट हुने गरेका छन् । सोही कारण पनि यस्तो नीति मोटरसाइकललाई लक्ष्य गरेर बनाइएको हो ।

यस्तो नीतिले जथाभावी र सडक नियमको पालना नगरी चलाउने मोटरसाइकलको बेवास्तालाई रोक्न सजिलो हुने अधिकारीहरुले बताएका छन् ।

हुनत यस्तो नीति भारतका विभिन्न राज्यमा यसअघि पनि सञ्चालनमा रहेको हो । तर त्यसको प्रभावकारीता त्यति सकारात्मक रुपमा भने देखिएको थिएन ।

पछिल्लो समय यो नीति भारतका केही राज्यले अपनाएका छन् । यसका कारण सडक दुर्घटनाबाट हुने क्षति कमगर्न र विशेषगरी मोटरसाइकलको दुर्घटना रोक्न केही सहज महसुश भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...