पटाका कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

कुनै सुरक्षात्मक वा व्यक्तिगत त्रुटि भएको हुनसक्ने अनुमान

Pataka

नयाँ दिल्ली, । भारतको एउटा पटाका कारखानामा विनाशकारी विस्फोटनपछि भएको आगलागीमा परी कम्तीमा १२ जना कामदारको मृत्यु भएको छ ।

बुधबार भएको आगलागीमा जलेर अरू केही घाइते भएको र घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतको मध्य भागमा पर्ने मध्य प्रदेशको बालाघाटमा रहेको कारखानामा घटना भएको ती सञ्चार माध्यमहरूले जनाएका छन् ।

आगलागी भएको झन्डै दुई घण्टापछि मात्रै आगलागी नियन्त्रण भएको थियो । स्थानीय एक प्रशासक भरत यादवले भने, ‘विस्फोटनको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन सकेको छैन ।’

उनले त्यहाँ कुनै सुरक्षात्मक वा व्यक्तिगत त्रुटि भएको हुनसक्ने अनुमान गरिएको बताउँदै घटनाका बारेमा छानबिन सुरु गरिसकिएको जानकारी दिए ।

भारतमा कार्यस्थलमा यस्ता दुर्घटनाहरू धेरै नै हुने गरेको छ । सुरक्षाको दृष्टीकोणले पर्याप्त सतर्कता नअपनाइएकाले यस्ता दुर्घटनाहरू बेलाबेलामा हुने गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...