देउवा आएकै दिन सुशीलाको विदाई
महाअभियोग फिर्ता भएकै दिन उमेर हदको झमेला

काठमाडौं । जेठ २३ गते दुई वटा काम सँगै भएका छन् । न्यायपालिकाका प्रतिमूर्ति भनिने प्रधानन्यायधीशको आजै विदाई भएको छ भने आजै देशले ४० औं प्रधानमन्त्री पनि पाएको छ ।
मंगलबार दिनभर आम मानिसको ध्यान नयाँ बानेश्वरतर्फ केन्द्रित रह्यो । देशले कतिबेला नयाँ प्रधानमन्त्री पाउँदा भन्ने थियो । तर, त्यही बेला महाअभियोगको प्रस्ताव झेलेकी प्रधानन्यायधीश सुशीला कार्कीले पनि ६५ वर्षे उमेर हदका कारण अवकास पाउनु प¥यो ।
यो एउटा संयोग मात्रै होइन, आजै उनीविरुद्ध लागेको महाअभियोगको प्रस्ताव पनि फिर्ता भएको थियो । जेठ १५ गते महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मीनबहादुर विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले संसद सचिवालयमा प्रस्ताव फिर्ताको निवेदन दिएका छन् ।
उनीमाथि परेको महाअभियोगको प्रस्ताव फिर्ता गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयसम्म संसद अवरुद्ध पनि पा¥यो । तर, जुन सरकारले उनीमाथि महाअभियोग लगायो, त्यही सरकारको बहिर्गमनसँगै उनको पनि बहिर्गमन भयो ।
उनलाई महाअभियोग लगाउने बेला यही गठबन्धनका एक जना प्रभभावशाली नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए । उनकै बहिर्गमनका दिन सरकारसँग पौठेजोरी खेल्ने प्रधानन्यायधीश कार्कीले पनि उमेर हदका कारण बहिर्गमित हुनपरेको छ ।
प्रतिकृया दिनुहोस