ओली भन्छन्, ‘गोली हान्ने सरकार आरोप खाने एमाले

Kp

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सप्तरीमा सरकारले आफैं निर्दाेश जनतालाई गोली हानेर आफु’ पन्छिएको आरोप लगाएका छन् ।

संसदमा बोल्दै ओलीले एमालेले मेची महाकाली अभियान चलाएको २ महिना ३ दिन पछि सप्तरी पुगेको दावी गरे । उनले दलहरुसँगको छलफलमा रंगाशालामा नगरी अन्तै कार्यक्रम गरेको र हामी फर्किएपछि सरकारले गोली चलाएको आरोप लगाएका छन् ।

उनले भने, ‘हामी फर्किएपछि गोली किन चलाउनु प¥यो ? मान्छे मार्नुपर्ने अवस्था किन आयो ? हामीलाई किन मान्छे मारेको भन्ने बनाइयो । जनताका छातीमा गोली हान्ने काम किन गरियो ?’ थप प्रश्न गरे ।

सरकारमा एमालेले मेचीमहाकाली अभियान चलाइरहेका बेला निर्दाेश जनतालाई गोली ठोकेर त्यसको दोश उल्टै एमालेको टाउकोमा थोपर्ने काम गरेको आरोप लगाए । ‘एमाले कुनै अलोकतान्त्रिक राजनीतिक गर्दैन’ उनले भने, ‘गोली हान्ने सरकार आरोप खाने एमाले । गोली हान्ने सरकार अनि जोगिने पनि सरकार ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...