पवित्र तीर्थ गोसाइँकुण्डको भेटी ३० हजार  

Gosaekunda 1

 

रसुवा, । पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० हजार भेटी चढाएका छन् ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी ९ हजार ८८७ सङ्कलन भएको हो ।

पुजारीले जम्मा गरी ल्याएपछि धुन्चेमा भेटी गणना गरिएको हो । यही जेठ १२ देखि २१ गतेसम्म परेको यस वर्षको गङ्गादशहरा पर्वका अवसरमा पाँच हजार भक्तजनले गोसाइँकुण्ड दर्शन गरेको समितिले जनाएको छ ।

मेला भर्न गएका एक यात्रुलाई मात्र लेक लाग्ने समस्या देखिएकाले उनलाई नेपाली सेना र नेपाल प्रहरीले बोकेर बेँसी झारेको र एक यात्रुको नुहाउँदा डुबेर निधन भएको प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले बताए ।

पौराणिक कालमा राजा भगीरथले आफ्ना साठी हजार छोराको मुक्तिका लागि तपस्या गरी गङ्गा भागीरथी नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ ।

यो दश प्रकारका पाप नाश हुने भनी गङ्गा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन पनि हो । समुद्री सतहबाट १४ हजार १०० फिको उचाइमा अवस्थित धार्मिक पौराणिक गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका अवसरमा विशेष मेला लाग्छ ।

समुद्रमन्थनबाट प्राप्त हलाहल विषको सेवनबाट डाह भई शीतलता प्राप्त गर्न पार्वतीको माइती हिमालय पर्वतमा जान हिँडेका शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगी नीलखेतमा जम्दा गोसाइँकुण्ड उत्पत्ति भएको र शिव त्यहीँ शयन गरेको बताइन्छ ।

शिवलाई गोसाइँकुण्डमा शयन गरेको अवस्थामा अहिले पनि देखिने भक्तजन बताउँछन् । गोसाइँकुण्ड जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने तीर्थ मानिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...