छुट्टा छुट्टै दुर्घटना ४ को मृत्यु

Death 3
घरको खम्बामा ठोक्किँदा बालकको मृत्यु
 
दमक, । आफ्नै घरको खम्बामा टाउको ठोक्किएर झापाको गौरादहमा एक बालकको ज्यान गएको छ ।
 
इलाका प्रहरी कार्यालय गौरादहका अनुसार यसरी ज्यान जानेमा गौरादह नगरपालिका–१ बस्ने डिल्ली दाहालका ६ वर्षीय छोरा आयुष रहेका छन् ।
 
सोमबार साँझ ६ बजेतिर घरमा खेल्दै गरेका बालकको अचानक खम्बामा टाउको ठोक्किएको थियो ।
 
खम्बामा टाउको ठोक्किएर गम्भीर भएका उनलाई उपचारका लागि दमकतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
 
दुई बालिका मृत्युको कfरणले आज माडी बन्द
 
चितवन । दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर मंगलबार माडी बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन् ।
 
पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न आज बन्द गरिएको स्थानीयले बताएका छन् ।
नेकपा माओवादी केन्द्र निकट महिला सञ्जालको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको सहभागितामा बन्द आह्वान गरिएको जनाइएको छ ।
बालिकाको शरिरका विभिन्न ठाउँमा चोट देखिएको र रगत समेत देखिएको भन्दै कसैले हत्या गरेको आशङ्का उनीहरुको छ ।
सो घटनाको विषयमा महिला सञ्जालले दबाब दिएपछि चिकित्सक, प्रहरी तथा अनुसन्धानको टोली सोमबार घटनास्थल पुगेर स्थलगत निरीक्षण समेत गरेको छ ।
भरतपुरमा पनि महिला सञ्जाललगायत विभिन्न सङ्घसंस्थाले घटनाको गहिरो अनुसन्धान गरेर दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिला परियार र ११ वर्षीया दिपीका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो । उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो ।
शव परीक्षण प्रतिवेदन अलि अस्पष्टजस्तो देखिएकाले घटनास्थलमै पुगेर स्थलगत अवलोकन गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।
उनले गुप्तांग, खुट्टाको काप, कानको लोतीमा टोकेको देखिएकाले केले टोकेको हो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको बताए ।
घटनाको अनुसन्धानका लागि पिकनिकमा संलग्न १६ वर्ष माथिका तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । सो घटनापछि माडीका स्थानीयले भने प्रदर्शन जारी राखेका छन् । 
 
बटुवालाई जोगाउँदा प्रहरीको मृत्यु
 
झापाजेठ । मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशोक खवास रहेका छन् ।
उनलाई गत जेठ १८ गते राति १० बजे पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो ।
सवारीको ठक्करबाट गम्भीर घाइते भएका खवासको उपचारको क्रममा सोमबार बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले बताए ।
मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका अपरिचित व्यक्तिलाई सडक पार गराउने क्रममा मोरङको डाँगीहाट–९ घर भएका प्रहरी जवान खवासलाई तीव्रगतिमा आएको नम्बर नखुलेको सवारीले ठक्कर दिएर फरार भएको थियो ।
प्रहरी जवानलाई ठक्कर दिएर सवारीसहित फरार चालकलाई प्रहरीले काँकडभिट्टाबाटै दुई दिनपछि नियन्त्रणमा लिएको बताइएको छ ।
घटनामा संलग्न भएको भन्दै मेचीनगरपालिका–७ निवासी ट्याक्सी चालक देवान राजवंशीलाई को १ च ८४५६ नम्बरको ट्याक्सीसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
 

प्रतिकृया दिनुहोस