उम्मेदवार टुंगो लगाउँदै धनकुटाका दलहरु

Dhankuta photo

धनकुटा । आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका धनकुटामा क्रियाशील ठूला राजनीतिक दलले अधिकांश स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएका छन् ।

७ वटा स्थानीय तह रहेको जिल्लामा नेपाली कांग्रेसले ७ वटै ठाउँमा प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको छ भने नेकपा एमाले र माओवादी केन्द्रले ५/५ वटा र राप्रपाले ३ तहमा उम्मेदवार टुंगो लगाएका छन् ।

कांग्रेसले धनकुटा नगरपालिकामा मेयरमा दिनेश रार्ई र उपमेयरमा रेणु श्रेष्ठ, पाख्रिबास नगरपालिकाको प्रमुखमा इन्दिरा थापा र उपप्रमुखमा ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाको प्रमुखमा अग्निप्रसाद पौडेल र उपप्रमुखमा जया मगरलाई उम्मेदवार बनाएको छ । चौबिसे गाउँपालिकाको अध्यक्षमा हर्कराज चेम्जोङ र उपाध्यक्षमा प्रिती मगर, साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा जितेन्द्र रुम्दाली राई र उपाध्यक्षमा खेमकुमारी राई, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको अध्यक्षमा तीर्थ र उपाध्यक्षमा कमलकुमारी राई तथा छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा निर्मल ओझा र उपाध्यक्षमा मुना तामाङलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले धनकुटा नगरपालिका प्रमुखमा चिन्तन तामाङ र उपप्रमुखमा सकुन्तला बस्नेत, पाख्रिबास नगरपालिकाको प्रमुखमा वृषबहादुर राई र उपप्रमुखमा वेदकला पौडेल तिम्सिना, महालक्ष्मी नगरपालिका प्रमुखमा पर्शुराम नेपाल र उपप्रमुखमा मञ्जु अधिकारी, चौबिसे गाउँपालिका अध्यक्षमा खजेन्द्र राई र उपाध्यक्षमा यज्ञकुमारी रुचाल र खाल्सा छिन्ताङ सहिद भूमि गाउँपालिका अध्यक्षमा मनोज राई र उपाध्यक्षमा बंगला राईलाई उम्मेदवार बनाएको छ ।

एमालेले साँगुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले धनकुटा नगरपालिका मेयरमा बालानन्द भुर्तेल र उपप्रमुखमा तारा तामाङ, पाख्रिबास नगरपालिकामा मेयरमा गुरुङ र उपमेयरमा पवित्रा श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने छथर जोरपाटी गाउँपालिकामा माधव भट्टराईलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
अन्य ठाउँमा तालमेलका लागि भनेर राप्रपाले उम्मेदवार बनाएको छैन ।

नेकपा माओवादी केन्द्रले धनकुटा नगरपालिकामा मेयरमा गणेश विष्ट, उपमेयरमा विष्णुमाया कन्दङवा, पाख्रिबास नगरपालिकाको मेयरमा कृष्ण कटुवाल र उपमेयरमा करुणा राई, महालक्ष्मी नगरपालिकाको मेयरमा राम नेपाललाई उम्मेदवार बनाएको छ । उपमेयरमा भने अहिलेसम्म कसैलाई उम्मेदवार बनाएको छैन ।

त्यसैगरी चौबिसे गाउँपालिका अध्यक्षमा दलबहादुर मगर र उपाध्यक्षमा शोभा बस्नेत, साँगुरीगढी गाउँपालिका अध्यक्षमा जगत राई र उपाध्यक्षमा सरस्वती लिम्बू, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका अध्यक्षमा भरतसिंह राई र उपाध्यक्षमा रामकुमारी राई ‘रोजा’ र छथर जोरपाटी गाउँपालिका अध्यक्षमा विष्णु पारघरी ‘तरंग’ र उपाध्यक्षमा गीता गुरुङ खेवा लिम्बूलाई उम्मेदवार बनाएको छ ।

यता संघीय समाज समाजवादी फोरम र नयाँ शक्तिले उम्मेदवार छनोटका लागि छलफल गरिरहेका छन् । रणनीतिक ढंगले अन्य पार्टीसँग सहकार्य गरेर चुनावमा जाने भएकाले उम्मेदवार टुंगो लगाउन अझै केही दिन लाग्ने नयाँ शक्ति धनकुटाका सहसंयोजक विकास घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...