बन्द भयो कतारको उडान

नेपाली कामदार मार्कामा

Airport

काठमाडौं । साउदी अरेबिया, इजिप्ट, लगायतका देशहरुले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि त्यसको प्रत्यक्ष असर नेपाललाई पर्न थालेको छ । खाुगरी विदेशी भूमीमा काम गर्न कतार जान लागेका नेपाली कामदार त्यसको प्रत्यक्ष मारमा परेका हुन् ।

नेपालबाट बैदेशिक रोजगारका लागि कतार जाने नेपाली यही रुट हुँदै कतार जाने गरेका थिए । सोमबारदेखि भने यो सुविधा अनिश्चित कालका लागि बन्द भएको छ ।

काठमाडौबाट दुबईको आबुधावी हुँदै दोहा जाने यात्रुहरुलाई सोमबारदेखि टिकट दिन बन्द गरिएको छ । इतिहादले कतारका लागि सोमबार अन्तिम उडान स्थानीय समय अनुसार सोमबार राति ९ बजेर ३५ मिनेटमा गर्नेछ ।

कतारमाथिको कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गर्नेहरुमा साउदी अरेबिया, इजिप्ट, बहराइन, युएई, यमन र मालदिभ्ससमेत छन् ।

सोसँगै मंगलबारदेखि इतिहादसँगै, फ्लाइ दुबई, इमिरेट्स र एयर अरेबियाले दोहा हमाद अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफ्ना उडान बन्द गर्ने भएका छन् ।

आबुधाबीदेखि दोहासम्म दैनिक १० वटा उडान हुने गरेका थिए । ती सबै रद्द हुने भएका छन् । बहराइनको परराष्ट्र मन्त्रालयले दोहाबाट आफ्ना कुटनैतिक कर्मचारी ४८ घण्टाभित्र फिर्ता ल्याउने जनाएको छ ।

इजिप्टको परराष्ट्र मन्त्रालयले पनि कतारसँग हुँदै आएको हवाई तथा हवाइ एवं जल यातायात दुबै रद्द भएको जनाएको छ । इजिप्ट एयरले सोमबार दुईवटा मात्रै उडान भर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...