बाँंच्नका लागि रुख रोपौं : वातावरणविद्

Vaktapur

भक्तपुर । बाँंच्नका लागि आवश्यक अक्सिजन चाहिन्छ । त्यो अक्सिजन एउटा रुखले वाहेक अरुले दिन सक्दैन । त्यही भएर कम्तीमा पनि एउटा रुख रोप्न वातावरणविद्हरुले दिइरहेका छन् ।

विश्व वातावरण दिवसका अवसर पारेर वातावरणविद्हरुले आफु बाँंच्न आवश्यक पर्ने अक्सिजनका लागि कमसेकम एउटा रुख रोपेर हुर्काउन सबैसँंग आग्रह गरेका छन् ।

इन्टरनेशनल ग्रिन डेभलपर्स प्राइभेट लिमिटेड भक्तपुरले सोमबार गरेको कार्यक्रममा वातावरणविद्हरुले अरुका लागि नभए पनि आफनो लागि एउटा रुख रोपेर हुर्काउन आग्रह गरेका हुन् ।

वातावरणविद् रविन्द्र ज्याख्वले ‘प्रकृतिको सम्वन्ध अटुट रहोस् अनन्तः’ भन्ने यो वर्षको विश्व वातावरण दिवसको नारालाई सार्थक बनाउन सबैले वातावरण संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । उनले अघिल्लो पुस्ताले गरेको वातावरण बिनासको नकारात्मक असर नयाँं पुस्ताले पाउने भएकोले बेलैमा सचेत हुनुपर्नेमा सचेत गराए ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले एउटा रुखले वार्षिक एक सय २० केजी अक्सिजन फाल्ने भएकाले पनि मानिसका लागि रुख रोप्नु अपरिहार्य भएको बताए । एउटा रुखले एक सय ८५ किलोमिटर गाडी गुड्दा फाल्ने कार्वनडाइअक्साइड सोस्ने गरेको पाइएको उनले बताए ।

कार्यक्रममा गोर्खा इको अध्यक्ष विश्वराम कवांले हरियो वन नेपालको धन भन्ने भनाई उखानमा सीमित भएकोमा दुःख व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...