अफगानिस्तानमा झडपमा १३ को मृत्यु

कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्तमा तालिवान आतङककारी समूह र सुरक्षाबलबीच भएको भडपमा परी १० आतङ्ककारीसहित १३ को मृत्यु भएको छ ।

कुन्दुजको इमाम साहिब जिल्लामा अवस्थित एक जाँच चौकीमा भएको झडपमा तीन सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् ।

जिल्ला गभर्नर अमानु दिन क्युरिसीले इमाम साहिब जिल्लामा आइतबार भीषण आक्रमणको योजना बनाएका तालिवान आतङ्ककारी समूह असफल भएका र उनीहरुले सुरु गरेका झडपमा परी उनकै १० लडाकू मारिनुको साथै अन्य आठजना घाइते भएको बताए ।

तालिवान आतङ्ककारी समूहले भने यस झडप र अवस्थाको कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...