सिंहदरवार छाड्न थाले मन्त्रीहरुले

सुनसान बन्यो सिंहदरवार

Simha durbar

काठमाडौं । भोली मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने भएपछि सिंहदरवारबाट क्रमस मन्त्रीहरु विदा हुन थालेका छन् । मन्त्रीहरुले सिंहदरवार छाड्न थालेपछि सिंहदरवार सुनसान बन्न थालेको छ ।

यसभन्दा अघि प्रत्येक मन्त्रालयमा मानिसहरुको भीडभाड हुने गथ्र्याे । तर, सोमबार सबै मन्त्रालयहरु सुनसान थियो । कर्मचारीहरु पनि त्यति उपस्थित थिएनन् ।

सबै मन्त्रीका गाडी प्रायः खाली गुडेको भेटिन्थ्यो । कतिपय गाडीहरुमा सुरक्षा गार्ड मात्रै देखिन्थे ।

सोमबार प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्ड, कानुनमन्त्री अजयशंकर नायक आदी मन्त्रीहरुले आफ्नो कार्यकाल सफल भएको दावी गर्दै सिंहदरवार छाडेका हुन् ।

सिंहदरवारमा आज केही मन्त्रीहरुले पत्रकार सम्मेलन गरेर सिंहदरवार छाडे भने केही मन्त्रीहरु चुपचाप सिंहदरवारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिंहदरवारमा कार्यक्रम नै गरेर विदाई गरिएको थियो भने कानुनमन्त्री अजयशंकर नायकले पत्रकार सम्मेलन गरी सबैलाई धन्यवाद दिँदै सिंहदरवार छाडेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...