हतियारसहित एक पक्राउ  

Pestol

 

राजविराज, । सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग दिवेदीले बताए ।

प्रहरी उपरीक्षक दिवेदीका अनुसार पक्राउ परेका २० वर्षीय दासको साथबाट एक थान पेस्तोल र एक थान म्याग्जिन तथा सोमा प्रयोग हुने चार राउन्ड गोलीसमेत बरामद गरिएको छ ।

पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...