जेब्रा क्रसिङ मर्मतमा लाग्ने यति बैंक  

Yati development bank (1)

 

काठमाडौँ, । यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ ।

सामाजिक कामको लागी सबै एक जुट हुनुपर्छ भन्ने धारणालाई सवलिकरण गर्दै
ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो ।

ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा सोमबार भएको कार्यक्रममा बैंकका कामु कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकका कामु कार्यकारी अधिकृत लम्साल ट्राफिकले चालेको कदममा साथ दिन पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गका प्रमुख प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले जेब्रा क्रसिङको निर्माणसँगै जथाभावी बाटो काट्ने प्रवृत्तिको अन्त्य हुने बताए ।

महाशाखाले एक हप्ताभित्र उपत्यकाका मुख्य सडकमा जेब्रा क्रसिङ बनाएर जेब्रा क्रसिङको प्रयोग नगर्ने यात्रुलाई कारबाही गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...